आज हावाहुरी र वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भुभाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ ।

जसको प्रभावले देशको सुदुरपश्चिमीका भूभागमा सामान्य बदली र बाँकी भुभागमा दिउँसो बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका मध्य र पूर्वका पहाडी भू९भागमा आंशिक देखि सामान्य बदलि र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ ।

देशका मध्य र पूर्वका पहाडी भू–भागका थोरै स्थानहरूमा साथै तराईका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । राती देशभर सामान्य बदली रहने छ ।

यस्तो छ दुई दिनको पूर्वानुमान :-

बैशाख २६ गते (शुक्रबार)
दिउँसोः देशका मध्य र पूर्वका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ । देशका मध्य र पूर्वका पहाडी भू-भागका थोरै स्थानहरूमा साथै तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशका पुर्वी भू-भाग लगायत मध्य र पश्विमका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भई बाँकि भू-भागमा आंशिक बदली रहनेछ।मध्य र पुर्वका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख २७ गते (शनिबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा र तराइका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशका मध्य र पुर्वका भू-भागमा सामान्य बदली भई बाँकि भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । मध्य र पुर्वका केहि स्थानमा र पश्चिमका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *