एकाएक चर्चामा कसरी आइन पेरुकी ३५ वर्षीया अर्थमन्त्री टोनी ?

एजेन्सी/
पेरु । पेरुकी अर्थमन्त्री एन्टोनियो आल्भा अहिले चर्चामा आएकी छन् । ३५ वर्षीया अल्भा यस्तो विनाशकारी महामारीका समयमा एउटा आर्थिक पुरुत्थान योजना सञ्चालन गर्दै एकाएक चर्चा पाउन सफल भएकी छन् । अहिले उनी प्रशंस बटुलिरहेकी छन् ।

हार्वर्ड विश्वविद्यालयका अर्थशास्त्री एवम् अल्भाका प्रोफेसरसमेत रहेका रिकार्डो हौसमनले पेरुले स्पष्ट नेता पाएको बताएका छन् । टोनी (अल्भा) को स्थानमा अरु कोही भएको भए धेरै फरक परिणाम हुने उनले बताए । प्रोफेसर रिकार्डोले कोरोनाभाइरसको प्रभाव कम गर्नका लागि पेरुसहित अन्य १० मुलुकका विशेषज्ञहरुको एउटा समूहलाई नेतृत्व गरिरहेका छन् ।

‘टोनी’ नामले उनलाई सबैले बोलाउने गर्छन । उनको सबैले प्रशंसा गरिरहेका छन् । आमाहरु आफ्ना बच्चाका साथ उनीसँग सेल्फी लिन्छन् । ‘स्ट्रिट हकर’हरु उनको हातमा बाला उपहारस्वरुप लगाइदिन्छन् । कलाकारहरुले उनको चित्र तयार पार्छन् र सोशल मिडियामा पोस्ट गर्छन् । टेलिभिजनकर्मीहरु अन्तरवार्ता, प्रोफाइन बनाउनका लागि सोध्छन्– मारिया एन्टोनियो अल्भा को हो ?

३५ वर्षीया उनी पेरुकी अर्थमन्त्री हुन् । जो अहिले विनाशकारी महामारीका क्रममा एउटा महत्वाकांक्षी आर्थिक पुनरुत्थान योजना सञ्चालन गरिरहेकी छन् । साना व्यवसायी र सामान्य नागरिकको पुनरुत्थानका लागि उनले प्रशंसा बटुलिरहेकी छन् । उनी गत अक्टोबरमा मात्र नियुक्त भएकी हुन् । तीव्र रुपमा उनी राष्ट्रपति मार्टिन भिजकाराको मन्त्रिपरिषदको मुख्य व्यक्तिका रुपमा देखा परिन् जो उदाउँदो नेताहरुको पिँढीकै मात्र नभएर हतास जनतालाई भरोसा दिलाउन अधिक समय बिताउँछिन् ।

अल्भाका पूर्ववर्ती कार्लोस ओलिभा भन्छन्, ‘संवादका दृष्टिकोणले उनी दक्ष छिन् र अहिलेको सन्दर्भमा यो महत्त्वपूर्ण पनि छ ।’

यस क्षेत्रको सहस्त्राब्दी अर्थमन्त्रीहरुको समूहमा अल्भामात्र महिला हुन् । सो समूहमा अर्जेन्टिनाका ३७ वर्षीय मार्टिन गुजमेन, डोमिनिकन गणराज्यका ३५ वर्षीय जुआन एरियल जिमेनेज र इक्वेडरका ३९ वर्षीय रिचर्ड मार्टिनेज छन् ।

अल्भाको प्रारम्भिक ध्यान क्षेत्रीय र स्थानीय अधिकारीद्वारा तीव्र रुपमा खर्च गर्न सक्ने गरी आधारभूत ढाँचामा परिवर्तन ल्याउनु थियो । सार्वजनिक लगानीमा कीर्तिमानी वृद्धि पनि भयो । उनी स्वास्थ्य, शिक्षा र आधारभूत आवश्यकतामा देखिएको कमीलाई हटाउन चाहन्थिन् । कोरोना संक्रमणको महामारीले चोटमाथि चोट थप्यो। परिवार तथा व्यवसायका लागि सहायतासहित लकडाउन खोलेर यसै महिना सामान्यीकरणतर्फ लैजाने उनको योजना थियो ।

पेरु विश्वविद्यालयमा अध्ययनपछि उनले सन् २०१४ मा हार्वर्डबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेकी हुन् । विगत एक दशकमा उनले सार्वजनिक योजना र खर्चमा सरकारका लागि काम गरेर अधिकांश समय बिताइन्, जसबाट ५२ अर्ब डलरको राष्ट्रिय बजेट जोगाउन सफल भएको छ ।

उनका पिता जर्ज अल्भाले भने, मारिया एन्टोनियो अल्भाले पेरुमा एक बच्चा रुपमा चरम गरिबी देखेकी छन् । सानैदेखि उनी यी कुराहरुलाई परिवर्तन गर्न दृढ थिइन् ।

 

इन्स्टिच्यूट अफ पेरुभियन स्टडिजका निर्वाचन प्रमुख पेट्रेसिया जराटेका अनुसार उनी मजबुत छिन् तर आक्रामक होइन । महिला सशक्तिकरणको एउटा अलग्गै उदाहरण देखिने र कामको माध्यमबाट यसलाई प्रकट गर्ने उनको अलग्गै शैली छ । उनले भने

कसैले उनलाई क्षमताभन्दा पनि उनी कसैको छोरी भएकाले मन्त्री नियुक्त हुन पाएको तर्क गरेका थिए । तर उनले आफू एक पुरुष भएको भए यसप्रकारको टिप्पणी हुँदैनथ्यो भनेर त्यतिबेला जवाफ दिइन् । उनले मन्त्रीका रुपमा केही महिनामै महामारी र यसबाट उत्पन्न समस्याको सामना गर्नु परेको छ । जसअनुसार लकडाउन गरियो र व्यापार–व्यवसायदेखि दैनिक ज्यालादारी गर्नेहरुको दैनिक जीवन दबाबमा पर्न थाल्यो ।

उनले पेरु र विदेशका अर्थशास्त्रीसँग परामर्श गर्दै, मन्त्रिपरिषदका आफ्ना सहयोगीसँग विचार विमर्श गरिन् । मर्कामा परेकालाई राहत, अनुदान, सहुलियत ऋणजस्ता विकल्पका लागि आम सहमति निर्माण गरिन् ।

 

३२ मिलियन जनसंख्या भएको पेरुमा पेरुका जनताले यसअघि सरकारीस्तरबाट यस्तो सुविधा अनुभूति गर्न पाएका थिएनन् । यद्यपि यस क्षेत्रमै स्वास्थ्य एवं शिक्षामा निकै कम लगानी भएको मुलुकमा यो पर्दछ ।

एउटा विद्यार्थीका रुपमा विरोधाभास र असमानता राम्रोसँग देखेकी र गरिबीबाट चिन्तित अल्भाले एउटा नयाँ योजना ल्याई गरिबहरुलाई फरक किसिमको छाप छोडिन् ।

उनका शिक्षक एनरिक भास्क्युजले भने, ‘विद्यार्थीकालमा अल्भाले गरिब विद्यार्थीलाई विश्वविद्यालय तहमा अध्ययनका लागि सहयोग गर्न एउटा कोष स्थापना गरेकी थिइन् । सार्वजनिक नीतिमा समूह बनाएर वादविवाद आयोजना गर्थिन् । स्नातकपछि उनी अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगिन् ।’

 

हार्वर्डमा छात्रवृत्तिका साथ प्रवेश पाएपछि उनले भारतमा महिलाको शैक्षिक अवसरबारे दुई महिना अध्ययन गरेकी थिइन् ।  उनले अर्थमन्त्रालयमा एक सय ५० भन्दा बढीको संख्यामा रहेको समूहसँग आवद्ध भएर बजेटको रेखदेख गर्ने जिम्मेवारी निर्वाह गर्नुअघि शिक्षा मन्त्रालयमा काम गरेकी थिइन् ।

फेब्रुअरीमा राज्यको तेल कम्पनी पेट्रोपरुका अध्यक्षले अल्भालाई बेवकुफ संज्ञा दिए । विश्वविद्यालयका छात्रहरुले विभिन्न राजमार्ग तथा पुलमा अल्भाको समर्थनमा ब्यानर लगाए ।

सामाजिक सञ्जालमा उनको राजीनामाको चर्चा पनि चल्यो । उनको परिवारले रेस्क्यु प्याकेजबाट लाभ लिएको आरोप पनि लाग्यो । तर उनले आफ्नो आर्थिक अवस्थाबारे सम्पूर्ण विवरण अनलाइनमा रहेको जिकिर गर्दै राजीनामा दिन मानिनन् ।

प्रोफेसर भास्क्युजले विद्यार्थी जीवनमै उनलाई यसबारे शिक्षा दिइसकेका थिए । भास्क्युजले त्यतिबेला आफूले उनलाई भनेको कुरा स्मरण गर्दै भने, ‘टोनी, मलाई आशा छ, एक दिन तिमीले पेरुको राष्ट्रपति बन्ने मौका पाउने छौ तर त्यसअघि तिमीले मन्त्री बन्न आवश्यक हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *