प्रधानमन्त्री ओलीद्वारा गौतम बुद्धको प्रतिमामा माल्यार्पण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तिका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा रहेको भगवान बुद्धको प्रतिमामा माल्यार्पण गरेका छन् ।

प्रधानमन्त्री ओलीले २५६४ औं बुद्ध जयन्तिको अवसरमा शान्तिका अग्रदुत भगवान गौतम बुद्धको मुर्तिमा माल्यार्पण गरेका हुन् । प्रधानमन्त्री ओलीसँगै श्रीमती राधिका शाक्यले पनि पुजा अर्चना गरेकी छन् ।

 ओलीले यसअघि विहानै देशबासीका नाममा शान्तिको सन्देश दिएका थिए । उनले आज बेलुकी ७ बजे भगवान गौतम बुद्धको संम्झना र कोरोना भाइरस संक्रमण रोकथाम र उपचारमा फ्रन्टलाइनमा काम गर्ने चिकित्सक, नर्स तथा सुरक्षाकर्मीहरुको सम्मानमा द्विप प्रज्वलन गर्न आग्रह गरेका छन् ।

सार्वजनिक रूपमा मनाउन थालेको ७० वर्षमा पहिलो पटक बुद्ध जयन्ती घरघरमै पूजा, परित्राण र दीप प्रज्वलन गरी मनाउन लागिएको हो । गाैतम बुद्धकाे इशापूर्व ५६३ मा सिद्धार्थ गाैतमकाे रूपमा लुम्बिनीमा जन्म भएकाे थियाे ।

तस्विरः प्रधानमन्त्रीकाे स्वकीय सचिवालय

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *