कतारमा खाद्यान्न समस्या पर्यो, दुताबासमा सम्पर्क गर्नुहोस

कतार । बैदेशिक रोजगारीका लागि खाडी मुलुक कतारमा हुनुहुन्छ र कोरोना भाइरसका कारण खाद्यान्न नपाएर समस्यामा हुनुहुन्छ भने तपाईले कतार स्थित नेपाली दुताबासमा सम्पर्क गर्न सक्नुहुन्छ । कतारमा रहेका नेपाली कामदारलाई खाद्यान्न अभाव भएपछि राहत प्रदान गर्न कतारस्थित नेपाली दूतावासले खाद्यान्न वितरण सुरु गरेको छ ।

दूताबासले कतार च्यारिटीसँग समन्वय गरी अहिलेसम्म ६०९ जना नेपाली कामदारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको जनाएको छ ।

गैह्रआवासीय नेपाली संघ कतारमार्फत ३३० प्याकेट र दूतावासले प्रत्यक्ष रुपमा २७९ प्याकेट वितरण गरेको जनाएको छ । राहत खाद्य सामग्री प्याकेटमा एक जनालाई दुई हप्ताको लागि पुग्ने खाद्यान्न रहेको कतारी दूतावासले जनाएको छ ।

कोरोना महामारीका कारण समस्यामा परेका नेपालीहरुले विभिन्न माध्यममार्फत दूतावासमा गुनासा टिपाउने गरेको र त्यसरी प्राप्त गुनासा कम्पनी, रोजगारतासँगै कतारका सरकारी निकायसँग समन्वय गर्दै समाधान गरिरहेको समेत दूताबासले जनाएको छ ।

आफूलाई परेको कुनै समस्या भए दूतावासमा राख्न अनुरोध गर्दै अनलाइनमार्फत र फोनमार्फत पनि समस्या टिपाउन सकिने दूताबासले जनाएको छ ।

हालको असहज परिस्थितिमा आफूलाई परेका समस्याको जानकारी तथा गुनासाहरु राख्न अथवा आफ्ना चासो धारणा वा जिज्ञासा राख्न अन्य माध्यमका अतिरिक्त दूतावासले प्रयोगमा ल्याएको नयाँ व्हाटसप्प नम्बर+९७४ ३३५६०११७ मा टेक्स्त वा भोईस गरेर पठाउन दूताबासले अनुरोध गरेको छ ।

कतारमा अहिलेसम्म कोराना सङ्क्रमितको सङ्ख्या १७९७२ पुगेको छ । अहिले सम्म २०७० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने १२ जनाको मृत्यु भैसकेको छ । अहिले सम्म कोरोनाबाट कति जना नेपाली संक्रमित भएका छन् या छैनन् भन्ने कुनै पनि तथ्याङ्क बाहिर नआएको दूताबासले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *