लकडाउनको समयमा सीमित पुस्तक पसल खोल्न दिने सरकारको निर्णय
२०७७ वैशाख २४ गते

फाेटाे फाइल
काठमाडौं । सरकारले लकडाउनको समयमा पाठ्यपुस्तक पसललाई सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जनक शिक्षा सामग्री केन्द्रद्वारा मुद्रित पुस्तक बिक्री गर्ने पुस्तक पसललाई सञ्चालन गर्न दिने निर्णय गरेको हो।
सरकारले जनक शिक्षा सामग्री केन्द्रद्वारा अनुमति प्राप्त पुस्तक ढुवानी गर्ने सवारी साधनलाई समेतपनि लकडाउनमा सञ्चालनको अनुमति दिएको छ ।
लकडाउनको अवधि जेठ ५ गतेसम्म लम्ब्याइएको छ ।
२०७७ वैशाख २४ गते
प्रतिक्रिया
सम्बन्धित








