नगरपालिकालाई इन्टरनेशनल कलेजको सहयोग

ध्रुवराज खनाल/
चितवन । इन्टरनेशनल कलेजले चितवनको खैरहनी नगरपालिकालाई बुधवार आर्थिक सहयोग गरेको छ ।
कोरोना संक्रमणपछि नगरपालिकाले स्थापना गरेको रोग नियन्त्रण तथा विपद राहत कोषलाई खैरहनीमै रहेको इन्टरनेशनल कलेजले एक लाख १ हजार रुपैया सहयोग गरेको हो । सो रकम बरावरको चेक कलेजका अध्यक्ष जेएन थपलियाले नगर प्रमुख लालमणि चौधरीलाई हस्तान्तरण गरे ।
चेक हस्तान्तरण गर्दै कलेजका अध्यक्ष समेत रहेका बागमती प्रदेश मुख्यमन्त्रीका राजनितिक सल्लाहाकार थपलियाले रकमको सदुपयोग गर्न आग्रह गरे । चेक ग्रहण गर्दै नगर प्रमुख चौधरीले विपदमा प्राप्त यसअघिका सहयोग विपन्न तथा ज्याला मजदुरी गरेर जिवन निर्वाह गरेका वर्गमा पुगेको भन्दै विपदमा नगर भित्रका संघसंस्थाले गरेको सहयोग प्रति धन्यवाद दिए ।
चेक हस्तान्तरणका अवसरमा नगरपालिका उपप्रमुख सुनिता थपलिया,प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा,कलेज प्रमुख भीष्मराज पाठक,पूर्व क्याम्पस प्रमुख झगरु चौधरी सहभागी थिए ।









