पूर्व स्वास्थ्यमन्त्री बोहराको प्रश्न ‘खाेइ कोरोना जाँच्ने कीट ? खोइ जनताको परीक्षण ?’

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले एक घर एक परीक्षण गर्नुपर्ने राप्रपा वरिष्ठ नेता दीपक बोहराले बताएका छन् ।

सरकारले कोरोना परीक्षणमा प्रभावकारी काम गर्न नसकेको भन्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका बोहराले तत्कालै देशभर पिसिआर प्रविधिबाट कोरोना परीक्षणको दायरा बढाएर एक घर एक परीक्षण गर्नुपर्ने बताएका छन् ।

‘लकडाउन गर्नु मात्रै समस्याको समाधान हैन, कोरोना भाइरसको कस्तो अवस्था छ, यकिन गर्न एक घर एक परीक्षण गर्न आवश्यक छ ।’ बोहराले भने ।

रुपन्देहीको भैरहवास्थित प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा किट अभावका कारण कोभिड–१९ को पीसीआर जाँच रोकिएकोमा आफु अचम्मित भएको पनि बताए ।

नेता बोहराले सरकारलाई जनताको स्वास्थ्य प्रति सम्बेदनशिल भई तत्काल किटको व्यवस्था गरी एक घर एक परीक्षण सुचारु गर्न साथै जाँचको दायरा बढाउन आग्रह गरेका छन् ।

‘परीक्षणको दायरा नबढाउँदा सम्म लकडाउनले मात्र हुँदैन, खोइ कोरोना जाँच्ने कीट ? खोइ जनताको परीक्षण ?’ बोहराले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *