जेठ १८ गतेसम्म सीमा नाका र हवाई उडान बन्द
२०७७ वैशाख २४ गते

फाइल फोटो। राजन काफ्ले, प्रधानमन्त्रीको स्वकीय सचिवालय
काठमाडौं। सरकारले अन्तर्राष्ट्रिय उडान र सीमानाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय रूपमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द गर्ने निर्णय गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले अन्तर्राष्ट्रिय उडान र सीमानाका जेठ १८ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको जानकारी दिए। यसअघि जेठ २ सम्म अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द गर्ने निर्णय गरेको थियो। त्यसलाई निरन्तरता दिँदै सरकारले जेठ १८ सम्म पुर्याएको हो।
यस्तै, सरकारले जेठ ५ गतेसम्म लकडाउन कायम राख्ने र परीक्षणको दायरा अझै बढाउने निर्णय गरेको छ। सरकारले भोलि वैशाख २५ गते बुद्ध जयन्तीका अवसरमा साँझ दीप प्रज्वलन गर्न पनि नागरिकहरूलाई आग्रह पनि गरेको छ।
२०७७ वैशाख २४ गते
प्रतिक्रिया
सम्बन्धित








