युनाइटेड सिमेन्ट्सद्वारा खाद्य सामग्री वितरण

 

काठमाडौं । के. एल. दुगड समूह अन्तर्गतको संस्था युनाइटेड सिमेन्ट्स प्रा. लि. ले विभिन्न स्थानमा राहत सामग्री वितरण गरेको छ । लकडाउनका कारण भोकै परेका दैनिक ज्यालामजदुरी गर्ने समुदायलाई युनाइटेड सिमेन्ट्सले खाद्यान्न राहत वितरण गरेको हो ।

विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) रोगको जोखिम बाट बच्न अबलम्बन गरिएको लकडाउनका कारण विभिन्न स्थानमा निम्न आय श्रोत भएका मानिसहरु तथा दैनिक मजदुरी गरि जीविकोपार्जन गर्नुपर्ने बाध्यता भएका नागरिकहरुलाई यो समयमा राहतको एकदमै आवश्यकता रहेकोले युनाइटेड सिमेन्ट्सले गोदावरी नगरपालिका तथा धुनिवेसी नगरपालिकाका केही स्थानमा खाद्य सामाग्री वितरण गरेको जनाएको छ ।

पुरा विश्व नै आक्रान्त रहेको अवस्थामा आफ्नै देशको जनतालाई केहि हद सम्म भएपनि यो राहतले उनीहरुको घाउमा मलहम लगाउने काम गरेको उद्योगको ठम्याई रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *