विश्वभर ३७ लाख संक्रमित, ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार नाघ्यो

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर २ लाख ५८ हजार बढीको मृत्यु भएको छ ।

पछिल्लो तथ्याङकअनुसार आज बिहानसम्म कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर २ लाख ५८ जार २ सय ९४ पुगेको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ३७ लाख २६ हजार ६ सयभन्दा धेरै छ भने संक्रमितमध्‍ये हालसम्म १२ लाख ४१ हजार ८ सय निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ३०१ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ७२ हजार २२२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार २५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ लाख ३६ हजार ८८० पुगेको छ । अमेरिकामा संक्रमितमध्ये १ लाख ९९ हजार ६८४ जना उपचारपछि निको भएका छन् ।

बेलायतमा २९ हजार ४२७, इटलीमा २९ हजार ३१५, स्पेनमा २५ हजार ६१३, फ्रान्समा २५ हजार ५३१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै स्पेनमा २ लाख ५० हजार पाँच सय ६१ जना संक्रमित छन् । इटालीमा संक्रमितको संख्या २ लाख १३ हजार नाघेको छ ।

बेलायत र फ्रान्समा क्रमशः १ लाख ९४ हजार ९ सय ९० र १ लाख ७० हजार ५ सय ५१ संक्रमित रहेका छन् । रुसमा तीव्र रुपमा फैलिएको यो भाइरहका कारण १ लाख ५५ हजार ३ सय ७० जनामा संक्रमण देखिएको छ । त्यहाँ १ हजार ४ सय १५ कोे ज्यान गएको छ । त्यस्तै जर्मनीमा ६ हजार ९ सय ९३ जनाले ज्यान गुमाएका छन् भने १ लाख ६७ हजार संक्रमति छन् ।

त्यस्तै टर्की र ब्राजिलमा पनि एक लाख भन्दा बढी संक्रमित पुगेका छन् । भारतमा १६ सय ९३ जनाले ज्यान गुमाईसकेका छन् भन् ४९ हजार चार सयमा सक्रमण देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *