अझै छैन मौसममा सुधारको संकेत, आज पनि हावाहरी र वर्षा

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनाका साथै बङ्गालको खाडी जलवाष्पयुक्त वायु लगातार नेपाल प्रवेश गरेकाले वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणाली अझै केही दिन सक्रिय हुनेछ ।

नेपालमा यी प्रणाली सक्रिय भएकाले देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको हो । अङ्ग्रेजी महिना मार्च, अप्रिल र मेसम्म तीन महिना प्रिमनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझापख लगातर प्रभावित भइरहने हुन्छ ।

प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित श्रणिक वर्षा हुने गर्छ । अहिले प्रिमनसुनका साथै अन्य प्रणालीको प्रभाव रहेकाले देशका अधिकांश स्थानमा बिहानैदेखि बदलीसहित वर्षा भएको हो । मौसममा सुधार हुन अझै एक साता लाग्न सक्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान :-

बैशाख २४ गते (बुधबार)
दिउँसोः देशभर बिहानिपख आंशिक बदलि र दिउँसो पश्चात सामान्य बदली रहनेछ।देशको पहाडी भू-भागका केहि स्थानहरूमा साथै पुर्वी र मध्य तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर आंशिक बदली रहनेछ । पश्चिमी तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग /असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख २५गते (बिहीबार)
दिउँसोः देशभर बिहानिपख आंशिक बदलि र दिउँसो पश्चात सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केहि स्थानहरूमा साथै तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भू-भागमा सामान्य बदली भई बाँकि भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख २६ गते (शुक्रबार)
दिउँसोः मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली रहि बाँकि भू-भागमा आंशिक बदली रहनेछ। देशको पुर्वी र मध्य भू-भागका थोरै स्थानहरूका साथै पश्चिमी भू-भागका १-२ स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भू-भागमा आंशिक बदली भई बाँकि भू-भागमा सामान्यतय् सफा रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *