‘लकडाउनले आर्थिक संकट निम्त्याएको छ, शर्तसहित खोल्नुपर्छ’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले कोरोना भाइरस रोकथमका लागि लगाइएको लकडाउनले मुलुक आर्थिक संकटमा परेको भन्दै शर्तसहित खोल्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिमा बोल्दै उनले विश्वले कोरोना रोक्न अपनाइएको उपाय लकडाउनले आर्थिक संकट निम्त्याएको भन्दै शर्तसहित खोल्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘कोरोना महामारीको संकट तोड्न विश्वले अपनाएको उपाय हो लकडाउन, तर यसले आर्थिक संकट निम्त्याएको छ, त्यसैले शर्तसहित अब लकडाउन खोल्नुपर्छ’ उनले भने ‘बेरोजगारीलगायतका समस्या पनि देखिएका छन्, गाउँ फर्किने अभियान पनि यही कारण देखिएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *