सशस्त्र प्रहरीमाथि आक्रमण गर्दै भारतीय नागरिकको हुल नेपाल छिर्न खोजेपछि…
२०७७ वैशाख २३ गते

झापा । झापास्थित नेपाल–भारत सीमाबाट भारतीय नागरिकको हुल जबरजस्ती नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको छ ।
सोमबार बेलुकी करिब सयजना जतिको भारतीय समूहले आफूमाथि नै आक्रमण गर्दै जबरजस्ती नेपाल छिर्न खोजेपछि झापाको झापा गाउँपालिका वडा नम्बर ४, टागन डुब्बास्थित सीमा नाका क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायर गरेको हो । घरेलु हातहतियारसहित आएका उनीहरू हवाई फायरपछि भागेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए।
कोरोना भाइरस संक्रमणको महामारीका कारण एक महिनाभन्दा बढी समयदेखि नेपाल र भारत दुवैतर्फ लकडाउन गरिएको छ। सबै नाका बन्द छन् । अहिले नेपाल सरकारले थप कडाइ गरेको छ । सीमा क्षेत्रमा थप सुरक्षाकर्मी समेत थपिएको छ ।
२०७७ वैशाख २३ गते
प्रतिक्रिया
सम्बन्धित








