रहेनन् हर्रेबर्रे काण्डका अगुवा रायमाझी

अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बुद्धिबहादुर रायमाझीको फोक्सोको अर्बुदरोगका कारण निधन भएको छ ।

सोमबार दिउँसो ३ बजे उपचारका क्रममा काठमाडौँमा उनको निधन भएको हो । नेपाली कम्युनिष्ट आन्दोलनका क्रममा १४ वर्ष कारागार जीवन बिताउनुभएका रायमाझी लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए । रायमाझीले सन्धिखर्कको भगवती माविमा लामो समय प्राध्यापन पेशा गरेका थिए ।

चर्चित हर्रेबर्रे काण्डका अगुवा रायमाझी तत्कालीन नेकपा(एमाले) केन्द्रीय स्कूल विभाग सदस्य थिए । उनी पछिल्लो समय प्रगतिशील लेखक संघ जिल्ला अध्यक्षलगायत धेरै संघसंस्थामा आबद्ध रहेका थिए । रायमाझीका श्रीमती र तीन छोराछोरी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *