कालोबजारीमा मेडिकल र फार्मेसीलाई जरिवाना

धनगढी । लकडाउनको अवधिमा कालोबजारी गरेको भन्दै कैलालीका दुई फार्मेसीलाई जरिवाना गरिएको छ । सर्जिकल र औषधिमा कालोबजारी गरेको भन्दै अत्तरियाको हिमाल फार्मेसी र धनगढीमा रहेको सरोज मेडिकललाई जरिवाना गरिएको छ ।

धनगढीको चौराहा रहेको सरोज मेडिकललाई म्याद सकिएका औषधि विक्री गरेको भेटाएपछि दुई हजार रुपैयाँ जरिवाना गरिएको वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कमल पुनले जानकारी दिए । अनुगमनका क्रममा म्याद गुज्रेका औषधि विक्री गरेको विलसमेत जारी नगरेको भेटाएपछि मेडिकल कानूनअनुसार जरिवाना गरिएको उनले बताए ।

अत्तरियामा रहेको हिमाल फार्मेसीले सर्जिकल मास्कमा ४७ प्रतिशत भन्दा बढी मूल्य लिएर विक्री गरेको भन्दै दुई लाख जरिवाना गरिएको कार्यालय प्रमुख पुनले जानकारी दिए । लकडाउनका बेला कालोबजारी हुनसक्ने भन्दै संयुक्त बजार अनुगमन टोलीले अनुगमनलाई तीब्रता दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *