महेश बस्नेत र सर्वेन्द्र खनालले पनि दिए मानव अधिकार आयोगमा उजुरी

काठमाडौं। सांसद अपहरणको आरोप लागेका सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय मानव अधिकार आयोगमा पुगेका छन्।

आफुहरुले सांसद यादवको अपहरण नगरेको भन्दै उजुरी दिन उनीहरु सोमबार आयोगको कार्यालयमा पुगेका हुन्। जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले वैशाख १८ गते नेकपा सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनालविरुद्ध आफूलाई अपहरण गरेको उजुरी मानव अधिकार आयोगमा दिएका थिए। उनले आफ्नो मानव अधिकार रक्षा गरिदिन समेत माग गरेका थिए।

डा. यादवले आफूलाई अपहरण गरेको उजुरी दिएको चार दिनपछि सांसद र पूर्वआईजीपीले पनि आफूहरुले अपहरण नगरेको भन्दै अर्को निवेदन दिएका हुन्। डा. यादवलाई महोत्तरीस्थित घरबाट वैशाख १० गते नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले काठमाडौं ल्याएका थिए।

प्रहरी र सरकारी वकिल कार्यालयले समेत जाहेरी नलिएपछि पीडित पक्ष सर्वोच्च अदालत जाने तयारीमा छ। विपक्षीलेसमेत छानविन र दोषीमाथि कारवाहीको माग गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *