‘प्रधानमन्त्रीलाई हतकडी लगाउनुपर्छ’ मेयर द्वारिकलाल चौधरी

इटहरी । पटकपटक विवादमा आइरहने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी पुनः विवादमा आएका छन् ।
कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण जनता भोकै मरे त्यसको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने भन्दै उनले प्रधानमन्त्रीलाई नै हतकडी लगाउनुपर्ने अभिब्यक्ति दिएका छन् ।

सरकारले कोरोना रोकथाम गर्न लकडाउन घोषणा गर्दा ६ महिनासम्म लकडाउन भएपनि इटहरी उपमहानगरका गरिब, विपन्न र श्रमिक वर्गका नागरिकलाई उपमहानगरपालिकाले पाल्न सक्ने भनेका मेयर चौधरीले अहिले आएर नगरवासीलाई खाद्यान्नको व्यवस्थापन गर्न नसकेको बताउँदै केन्द्रीय सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्कडी लगाएर जेल हाल्नु पर्ने बताएका हुन् ।

 इटहरी क्षेत्रमा अत्यावश्यक सामाग्रीहरुका पसल र बजार क्षेत्र खुकुलो बनाउने बिषयमा इटहरी उपमहानगरपालिकामा आयोजि बैठकमा बोल्दै मेयर चौधरीले खाना पाउने नागरिकको मौलिक हकभित्र पर्ने भएकाले लामो समय लकडाउन हुँदा आम नागरिक खाना खान बञ्चित भईरहेकाले त्यसको दोष प्रम ओलीले लिनुपर्ने बताए ।

‘हतकडी प्रधानमन्त्रीलाई लगाउनु पर्छ, हतकडी आपुर्तीमन्त्रीलाई लगाउनु पर्छ ।’ मेयर द्वारिकलाल चौधरीले भनेका छन् ।
‘मुद्दा हाल्यो भने सरकारलाई मुद्दा लाग्छ । कोरोना भाइरसले मरेको रहेछ भने त ठिकै छ, करेन्ट लागेर मरेको रहेछ भनेपनी ठिकै छ, डुबेर मरेछ भनेनि ठिकै छ, एक्सिडेन्ट भएर मरेछ भनेनि ठिकै छ । तर, खान नपाएर मरेको छ भने हत्कडी प्रधानमन्त्रीलाई लगाउनु पर्छ ।’ मेयर द्वारिकलाल चौधरीले संविधानमा त्यो ब्यवस्था रहेको बताएका छन् ।

बैंठकमा प्रदेश १ का संसाद लिलम बस्नेत, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेल, महासचिव पिताम्बर पोख्रेल, केही वडाका वडाअध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

मेयर चौधरीले बैंठकमा इटहरी उपमहानगरपालिकालाई संघीय र प्रदेश सरकारले केही पनि सहयोग नगरेको बताए । १५ लाख बजेटले केही गर्न नसकीएको बताउँदै प्रदेश र संघीय सरकारले आफुहरुको कुरा नसुनेको बताए ।

चौधरीले कोरोना संक्रमण परीक्षणका लागि चाहिने आवश्यक स्वास्थ्य सामाग्री संघ र प्रदेश सरकारले दिन नसकेको बताए । ‘क्वारेन्टाइनमा बसेका सबैको परीक्षण गर भन्छ सरकार, तर टेष्टका लागि चाहिने किट ७ वटा मात्र पठाउँछ । आरडिटि गरेर नहुँदो रहेछ, त्यसमा विश्वास गर्ने आधार कम रहेछ । पिसिआर गर्नु पर्ने रहेछ । त्यसका लागि के जाति झोल चाहिँदो रहेछ । त्यो कसैले पठाएकै छैनन् । अनि कसरी हुन्छ टेष्ट ?’ मेयरले भनेका छन् ।

हेर्नुहोस भिडियो स्राेतः सञ्चारलय

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *