‘सामाजिक दूरी कायम गरी एसईई परीक्षा सञ्चालनको तयारी’

विराटनगर। प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले लकडाउनका कारण स्थगित भएको एसईई परीक्षा संचालन गर्नेबारे छलफल भइरहेको बताएका छन्। उनले परीक्षा केन्द्रको संख्या थप गरेर दूरी कायम गरी परीक्षा संचालन गर्ने बताए।

२५ वैशाखपछि विद्यालय खुला गरी पठनपाठनलाई निरन्तरता दिनेबारे पनि विभिन्‍न विकल्पमा छलफल भइरहेको मन्त्री घिमिरेले बताएका छन्। प्रदेशका विद्यालयलाई प्रविधिमैत्री बनाउन ग्रामीण भेगमा इन्टरनेट पहुँचबारे अध्ययन भइरहेको उनको भनाइ छ।

मन्त्री घिमिरेले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य र शिक्षामा केन्द्रित गर्ने जानकारी गराए। शिक्षा पत्रकार समूहले हिजो, २१ वैशाखमा आयोजना गरेको अनलाइन पत्रकार सम्मेलन तथा अन्तरक्रियामा उनले यसअघिका बजेट भौतिक पूर्वाधारमा केन्द्रित हुने गरेकोमा आर्थिक वर्ष २०७७/७८ को बजेट स्वास्थ्य र शिक्षामा केन्द्रित गरेर ल्याइने जानकारी गराएका हुन्।

विश्वव्यापी महामारी बनेको कोभिड-१९ रोकथाम तथा उपचारका लागि स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा बजेट खर्च गरिने मन्त्री घिमिरेले बताए। -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =