भोकाएको बच्चालाई भुलाउन ढुंगा उमाल्ने आमा भन्छिन्– ‘ताकि उनीहरु खाने पर्खाइमा निदाउन्’

केन्यामा ८ बच्चाकी एक आमाले आफ्नो बच्चालाई खाना बनाएको एकिन दिलाउनका लागि भाँडामा ढुंगा हालेर उमालिन् । ती महिलाले यसकारण त्यस्तो गरिन् ताकि बच्चाहरु खाना बन्ने पर्खाइमा निदाउन् ।

बीबीसका अनुसार मोम्बासामा रहँदै आएकी महिला पनिना बहाती किसाव अनपढ छिन् । उनी मानिसहरुको कपडा धुने काम गर्छिन् । कोरोना भाइरसका कारण मानिसहरु सामाजिक दुरी कायम गरिरहेका छन् । यसकारण उनको काम खोसियो । महिलाको छिमेकीले यो दृश्य देखेर मिडियालाई सुचित गरे । साथै महिलाको बैंक अकाउन्ट पनि खोलियो ।

अहिले कयौँ मानिसहरुले उनलाई सहयोग गरिरहेका छन् । बैंक खातामा मोबाइल फोनमार्फत् महिलालाई मानिसहरुले पैसा दिन सुरु गरिसकेका छन् । किसावो एक विधुवा हुन् । पछिल्लो वर्ष केही गुण्डाहरुले उनको श्रीमानको हत्या गरिदिएका थिए । उनी दुई वटा कोठा भएको घरमा बस्छिन् जहाँ न पानीको सुविधा छ न बिजुलीको ।

उनले मिडियासँगको कुराकानीमा भनिन्– ‘मेरो लागि यो कुनै चमत्कार भन्दा कम छैन । मलाई विश्वास नै भइरहेको छैन कि केन्याका मानिसहरु यतिधेरै प्रेम गर्न सक्छन् । मलाई देशभरबाट फोन आइरहेको छ । सबैजना सोधिरहेका छन् कि कसरी मद्दत गर्न सकिन्छ ।’

त्यसदिन उनको सबैभन्दा सानो बच्चा भोकले रोइरहेको थियो । किसावो भन्छिन्– ‘मलाई आफ्नो सबैभन्दा सानो छोरालाई यो विश्वास दिलाउनु थियो कि खाना पाक्दैछ । ऊ भोकले रोइरहेको थियो । मेरो बाँकी सन्तान ठुला छन्, जब मैले खानका लागि हामीसँग केही छैन भनेँ तब उनीहरुले बुझे ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *