लकडाउन अवधिमा उपत्यकामा मात्रै ७५ दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं । सरकारले लागू गरेको लकडाउन अवधिमा काठमाडौं उपत्यकामा मात्रै ७५ वटा सवारी दुर्घटना भएका छन् । लकडाउनको ४१ औं दिनसम्म ७५ सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दुर्घटनामा परी सात जना गम्भीर घाइते भएका छन् भने १ सय १८ जना सामान्य घाइते भएका छन् । कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशमा लकडाउन गरिएको भएपनि केही व्यक्तिहरुले यसलाई उल्लंघन गर्दै आइरहेका छन् ।

यो अवधिमा लकडाउन उल्लंघन गर्ने १८ हजार २ सय ८१ वटा दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जसमध्ये ६२ वटा सवारी साधन सम्बन्धित धनीलाई बुझाउन बाँकी रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *