११ लाख मानिस कोरोना जितेर घर फर्किए, मृतक र संक्रमितको संख्या कति ?

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ११ लाख ८ हजारभन्दा बढी मानिस कोरोना निको भएर घर फर्केका छन् ।

पछिल्लो विवरण अनुसार ११ लाख ८ हजार ६५ जना कोरोनाबाट निको भएका हुन् । अहिले उपचार गरिरहेका अधिकांश संक्रमितको अवस्था पनि सामान्य रहेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बढी प्रभावित इटली र स्पेनमा नयाँ संक्रमणमा तुलनात्मक रुपमा कमी आएको छ ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर विश्वभर २ लाख ४४ हजार ६ सय १० जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ३४ लाख ८० हजार ४ सय भन्दा धेरै छ ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ६४३ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ६७ हजार ३९६ पुगेको छ । अमेरिकामा संक्रमितको संख्या ११ लाख ५९ हजार ५६४ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये १ लाख ६० जना ७०५ उपचारपछि निको भएका छन् ।

इटालीमा २ लाख ९ हजार ३२८ कुल संक्रमित भएका छन् भने २८ हजार ७१० जनाको मृत्यु भएको छ । यसैबीच ७९ हजार ९१४ निको भएर फर्किएका छन् । बेलायतमा अहिलेसम्म एक लाख ८२ हजार २६० कुल संक्रमित भएका छन् भने २८ हजार १३१ जनाको मृत्यु भएको छ ।

स्पेनमा २ लाख ४५ हजार ५६७ कुल संक्रमित भएका छन् भने २५ हजार १०० जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ४६ हजार २३३ जना निको भएर फर्किएका छन् । फ्रान्समा एक लाख ६८ हजार ३९६ कुल संक्रमित भएका छन् भने २४ हजार ७६० जनाको मृत्यु भएको छ । यसैबीच ५० हजार ५६२ जना निको भएर फर्किएका छन् ।

बेल्जियममा ४९ हजार ५१७ कुल सङ्क्रमित भएका छन् भने ७ हजार ७६५ जनाको मृत्यु भएको छ । यसैबीच १२ हजार २११ जना निको भएर फर्किएका छन् । जर्मनीमा एक लाख ६४ हजार ९६७ कुल संक्रमित भएका छन् भने ६ हजार ८१२ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख २९ हजार निको भएर फर्किएका छन् ।

ब्राजिलमा ९६ हजार ४४८ जना संक्रमित भएका छन् भने ६ हजार ७५० जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म ४० हजार ९३७ जना ठिक भएका छन् । इरानमा ९६ हजार ४४८ कुल संक्रमित भएका छन् भने ६ हजार १५६ जनाको मृत्यु भएको छ । यसैबीच ७७ हजार ३५० निको भएर फर्किएका छन् ।

नेदरल्याण्डसमा अहिलेसम्म ४० हजार २३६ जना संक्रमित भएका छन् भने ४ हजार ९८७ जनाको मृत्यु भएको छ । चीनमा अहिलेसम्म ८२ हजार ८७५ कुल संक्रमित भएका छन् भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ । यसैबीच ७७ हजार ६८५ निको भएर फर्किएका छन् ।

क्यानाडामा ५६ हजार ७१४ जना संक्रमित भएका छन् भने ३ हजार ५६६ जनाको मृत्यु भएको छ । त्यस्तै २३ हजार ८०१ जना ठिक भएका छन् । टर्कीमा एक लाख २४ हजार ३७५ जना संक्रमित भएका छन् भने ३ हजार ३३६ जनाको मृत्यु भएको छ । त्यस्तै ५८ हजार २५९ जना निको भएर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *