चट्याङ र असिनासहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभावले देशभरको मौसम बदली भइरहेको छ । आज पनि मौसम पूर्ण बदली रहि देशका धेरै स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको छ भने राती पनि देशको अधिकांश भू-भागमा बदली रही पश्चिमी र मध्य तथा पूर्वी भू-भागका वर्षा हुनेछ ।

स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव र बंगालको खाडी तथा अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेकोले मौसम बदली भएको हो ।

यस्तो छ आगामी दुई  दिनको पूर्वानुमान :-

बैशाख २१ गते (आइतबार)

दिउँसोः  देशको अधिकांश भू-भागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी  सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः  देशको अधिकांश भू-भागमा सामान्य बदली रही पश्चिमी र मध्य भूभागका केहि स्थानहरुमा र  पूर्वी भू-भागका एक वा दुई  स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी  सहित वर्षाको सम्भावना रहेको छ ।

 बैशाख २२ गते (सोमबार)

दिउँसोः  देशको पश्चिमी तथा मध्य भू-भागमा पूर्ण बदली र पूर्वी भू-भागमा सामान्य बदली रहनेछ । देशका पश्चिमी तथा मध्य भूभागका धेरै  स्थानहरुमा र पूर्वी भू-भागमा केहि स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग/असिना सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः  देशका पश्चिमी र मध्य भू-भागका साथै पूर्वी पहाडी भू-भागमा सामान्य  बदली रही वाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पश्चिमी र मध्य भूभागका थोरै  स्थानहरुमा र पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना सहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *