आज बैशाख २१ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. वैशाख २१, २०७७ । ई.सं. 03 May, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० बछलाथ्व । प्रमादी उत्तरायण वसन्त । आइतवार वैशाख शुक्लपक्ष ।तिथि एकादशी, २६:३८ बजे उप्रान्त द्वादशी । नक्षत्र पूर्वफाल्गुनी, १८:१८ बजे उप्रान्त उत्तरफाल्गुनी । योग ध्रुव, ०८:५५ बजे उप्रान्त व्याघात । करण वणिज १५:४८ बजेदेखि भद्रा, २६:३८ बजे उप्रान्त कौलव । चन्द्रराशि सिंह । आनन्दादि योग छत्र । दिनमान ३३।०३ । सूर्योदय ०५:२५ । सूर्यास्त १८:३८ । स्मार्तहरूको मोहिनी एकादशी व्रत । अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस । त्रिपुष्कर तथा सर्वार्थसिद्धि योग २६:३८ बजेपछि

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दैनिक कार्यमा प्रगती हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन्, तर मानशीक चिन्ता भने बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धुम्रपान र मद्यपानबाट टाडै रहनु होला । गरेको कार्यमा बाधा आउनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको योजना बन्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल मिल्नेछ । रोकिएका अधुरा कामहररू पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आँटेको कार्य अगाडी बढ्ला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । व्यापारमा भने सफलता नमिल्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वाणीमा लगाम लगाउनु पर्ला नत्र झुटोबोल्न बाध्य भईनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । छटपटी बढ्नाले मनपनि कमजोर रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । चुनौतीको सामनापनि गर्नुपर्ला, तर प्रयत्न गरे कार्यबाट फाइदा लिन सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज स्वादिष्ट भोजन पाईनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । सामाजिक हितको काम अघी बढ्ला । कुटुम्बको सहयोगपनि मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) राजनीतिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कर्यको योजनले गति पाउनेछ । शुभ कार्यको चर्चा चलनेछ । परिकारहरू खान पाईनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भय र सामान्य स्वास्थ्यमा समस्या आउला अत: स्वास्थ्य प्रति सजक रहनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विशिष्टव्यक्तिको सहयोग पाईनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । पार्टनसीपको कार्यमा सफलता मिल्नेछ । दैनिकी विस्तारै सहज होला ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *