बैशाख २४ गते सचिवालय र २५ गते स्थायी समितिको बैठक बस्ने

काठमाडौं । आज बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले बैशाख २४ गते सचिवालय र २५ गते स्थायी कमिटी बैठक बोलाएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशका अनुसार बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन सचिवालयको बैठक बस्ने र भोलीपल्ट २५ गते स्थायी समितिको बैठक बोलाइएको हो ।

शुक्रबार कोटेश्वरमा भएको छलफलमा एक दर्जन स्थायी कमिटी सदस्यहरुले बैठकबाट कोही पनि भाग्न नपाउने र बैठकमा आउँदिनँ भन्न नपाइने दबाव दिएका थिए ।

यस अघि नेकपाका २० जना स्थायी कमिटी सदस्यले तत्काल स्थायी कमिटीको बैठक बस्नुपर्ने लिखित माग गरेका थिए । तर, प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक आवश्यक नरहेको र बैठक गरिए आफू उपस्थित नहुने अडान राख्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *