मइ महिना कोरोना संक्रमणको युद्ध निर्णायक हुन सक्छः डा. रवीन्द्र पाण्डे

काठमाडाैं । बिगत ४ महिनादेखि संसारलाई त्राहिमाम बनाएको कोरोना संक्रमण अहिले उच्च बिन्दुमा पुगेको छ । बिभिन्न अनुसन्धान तथा तथ्यांकले देखाएका छन् कि कोरोना संक्रमण यो मइ (May) महिनामा अमेरिका, युरोप लगायत धेरै देशमा नियन्त्रणमा आउनेछ । लकडाउन, ब्यापक परीक्षण, आइसोलेसन, उपचार र सामाजिक दुरी कायमलाई प्रभावकारी बनाउने देशहरु कोरोना संक्रमणको बिगबिगीबाट यो १ महिनामा सास फेर्न पाउनेछन् । तसर्थ यो मइ महिना कोरोना संक्रमणसँगको युद्धमा निर्णायक बन्ने अनुमान गर्न सकिन्छ ।

– भारत, युरोप तथा अमेरिकामा मलेरियाको औषधि (Hydrochloroquine or Chloroquine), एन्टिभाइरल तथा एन्टिबायोटिकको प्रयोग निकै प्रभावकारी भएको छ ।

– अमेरिका तथा दक्षिण कोरियाले इबोला संक्रमणमा प्रभावकारी काम गरेको Remdesivir जसले भाइरसको मल्टिप्लिकेसनलाई रोक्दछ, कोरोना संक्रमणमा पनि एकदम प्रभावकारी भएकोले यसलाई ब्यापक रुपमा चलाइरहेका छन् ।
अमेरिकी बैज्ञानिक डा. एन्थोनी फाउसीले इबोला संक्रमणमा प्रयोग भएको Remdesivir लाई ब्यापक रुपमा प्रयोग गर्न निर्देशन दिइरहेका छन् । CDC तथा FDA ले यो औषधिको प्रयोगलाई प्रोत्साहित गरेका छन् । यसको साथै केस अनुसार मलेरियाको औषधि, अन्य एन्टिभाइरल औषधि तथा एन्टिबायोटिकलाई प्रयोग गरिएको छ ।

जापानको उपचार मोडेल उत्कृष्ट मानेर अहिले यो मोडेल धेरै देशमा प्रयोग गरिएको छ । जापानमा कोरोना संक्रमणको बिरुद्ध इन्फ्लुएन्जा, एचाइभी, हेपाटाइटिस, प्यान्क्रीटाइटिस र दममा प्रयोग हुने औषधि प्रयोग गरिएको छ ।
जापानमा सबैभन्दा आशा गरिएको, अभ्यास गरिएको तथा प्रभावकारी औषधि Avigan (Favipiravir) हो । त्यस्तै Fusan (Nafamostat Mesylate) तीब्र प्यान्क्रीटाइटिसमा प्रयोग हुने औषधि र orbesco दमको उपचार गर्ने स्टेरोइड औषधि पनि निकै प्रभाबकारी देखिएका छन् ।

Avigan कोरोना संक्रमणमा अत्यन्तै उपयोगीसिद्ध भएको छ । दमको औषधि २-३ दिन तान्दा अस्पतालमा भर्ना हुने र भेन्टिलेटर चाहिने अवस्था घटेको छ । जापान सरकारले Avigan लाई स्टकपाइलमा राखेको छ । ताकी नयाँ प्रजातिको भाइरस संक्रमणमा अरु औषधि प्रभावकारी नभएमा यसलाई उपयोग गर्न सकियोस् । जापानी विशेषज्ञहरुले कोरोना भाइरस (कोभिड १९) संक्रमितका लागि लाभदायक मानिएको इन्फ्लुएन्जाको औषधि एवीगन ३८ वटा मुलुकलाई उपलब्ध गराउने भएको छ । जापानी विदेशमन्त्री मोतेगी तोशिमित्सुले सो कुराको जानकारी दिनुभएको हो ।

त्यस्तै जापानको The National Institute of Infectious Diseases and other research institutes ले भनेको छ कि Orbesco ले नयाँ कोरोना भाइरसको वृद्धि रोक्न प्रभावकारी छ ।

– अमेरिका लगायतका देशमा जिंक, ग्रीन टि, मेलाटोनिन, भिटामिन सि, भिटामिन डि ३ लाई ब्यापक रुपमा प्रयोगमा ल्याएका छन् |

– Zinc any amount is probably good but take what you can tolerate without making you feel bad upto 50mg. You do not want to be Zinc deficient as it is how many drugs like HCQ work.
Quercetin from 250mg up to 1g twice per day Remember this is the Zinc ionophore.
Green Tea either drink some or 1 pill per day
Melatonin 1mg to 10mg at night. Take what you can tolerate and what helps you sleep without making you feel drugged or tired in the morning.
Vitamin C 250mg to 500mg twice per day. Effects debatable in oral form but IV did help in China
Vitamin D3 Take this if you are deficient but be sure to stop it if you become sick as this drug works by increasing cytokines and potentially could exacerbate the cytokine storm.
Sleep greater than 8 hours per night.

– रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि बिभिन्न देशले आफ्ना मौलिक तथा परम्परागत चिकित्सा प्रणालीलाई ब्यापक रुपमा प्रयोग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *