नदीमा डुबेर एक बालकको मृत्यु

धनगढी। कैलालीको भजनीमा नदीमा नुहाउन गएका एक बालकको डुबेर मृत्यु भएको छ। भजनी नगरपालिका वडा नम्बर ४ झलझलीका १६ वर्षीय बालक केशव पोखरेलको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।

नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका बालक डेढ घण्टापछि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले जानकारी दिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक जनकबहादुर धामीको टोली खटिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *