विस्फोटक पदार्थ पहिचान र नष्ट गर्न आग्रह

रोल्पा। बाल हिंसाविरुद्ध क्रियाशील राष्ट्रिय कार्य समन्वय समूह (एनएसिजी) नेपालले रोल्पाको त्रिवेणी गाउँपालिकामा बेवारिसे बम खेलाउने क्रमा चार बालबालिकाको मृत्यु भएकामा चिन्ता व्यक्त गरेको छ।

बम डिस्पोजल नभएकाले सो क्षेत्र अझै असुरक्षित रहेको जनाउँदै समूहले सरकारलाई बारुदी सुरुङ र विस्फोटक पदार्थ रहेका स्थान पहिचान तथा नष्ट गरी सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ। समूहका अध्यक्ष कृष्णचन्द्र आचार्यले शनिबार विज्ञप्ति जारी गरी आगामी दिनमा यस्त घटना नदोहोरियोस् भन्नका लागि जोखिम सचेतना शिक्षा सञ्चालन र कानूनी प्रावधानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

विज्ञप्तिमा पीडित परिवारलाई यथोचित राहत दिन र घटनाको सत्यतथ्य छानबिनको पनि माग गरिएको छ। उक्त गाउँपालिकामा यही वैशाख १८ गते सो घटना भएको थियो। सो समूहमा बालअधिकारका क्षेत्रमा कार्यरत नौ राष्ट्रिय सञ्जालहरु आबद्ध छन्। -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =