वीपी प्रतिष्ठानले हिजो ९६ कोरोना स्वाब परीक्षण गरेकोमा सबै नेगेटिभ

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले हिजो १९० कोरोना स्वाब संकलन गरेकोमा ९६ वटाको परीक्षण गरिएकोमा परीक्षण गरीएका सबै कोरोना नेगेटिभ देखिएको छ ।

पिसिआर प्रविधिबाट हिजो गरिएको स्वाब परीक्षणमा ९६ जनाको कोरोना नेगेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सह–प्रवक्ता डा. अशोक ऐरका अनुसार ९४ जनाको नतिजा आउँन बाँकी छ ।

प्रतिष्ठानको कोरोना आइसोलेसन वार्डमा एक जना नयाँ भर्ना भएका छन् । उनी कोरोनाको आशंकामा प्रतिष्ठानमा भर्ना भएका हुन् । प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका ३२ मध्ये २८ जना डिस्चार्ज भइसकेका छन् । नयाँ १ र पुरानो ३ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

अहिलेसम्म प्रतिष्ठानको कोभिड हेल्प डेक्समा आएका ८२३ मध्ये ४६ जनालाई क्वारेन्टाइनमा पठाइएको थियो, बाँकी ७७७ जनलाई होम क्वारेन्टाइनमा बस्न भनिएको थियो ।

प्रतिष्ठानमा लिइएको १०४ जना पुरुष र ३१ महिला गरी १४६ जनाको कोरोना स्वाबमा ११ वटामा कोरोना पोजेटिभ देखिएको थियो । प्रतिष्ठान र अन्य स्थानबाट अहिलेसम्म ९४२ कोरोना स्वाब संकलन गरी परीक्षण गरिएकोमा ८३५ लाई कोरोना नगेटिभ देखिएको थियो । भने १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । ९४ जनाको भने रिपोर्ट आउन बाँकी रहेको छ ।

वीपी प्रतिष्ठानलाई कोभिड–१९ को उपचार गर्ने लेवल ३ अस्पतालका रुपमा वर्गिकरण गरीएको छ । हाल प्रतिष्ठानमा १३ वटा आइसियू वेड सहित १ सय वेडको कोरोना अस्पताल नै निमार्ण गरि सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *