२० दिनसम्म कहाँ थिए किम जोङ उन ? देखिए एक कार्यक्रममा

काठमाडौं । उत्तर कोरियाली शासक किम जोङ उन करिब २० दिनपछि देखिएका छन् । त्यहाँको सरकारी सञ्चारमाध्यमले नेता किम २० दिनपछि सार्वजनिक कार्यक्रममा सहभागी भएको दाबी गरेको छ ।

सरकारी समाचार समिति केसीएनएले नेता किमले मल कारखाना उद्घाटन गर्न रिबन काट्दै गरेको तस्बिर सार्वजनिक गरेको छ । पछिल्ला थुप्रै दिनदेखि किम जोङ उन नदेखिँदा उनको स्वास्थ्यका विषयमा विभिन्न प्रकारका अडकलबाजी चलिरहेको थियो । केसीएनएका अनुसार किम जोङ उनले मल बनाउने एक कारखानाको रिबन काटेर उद्घाटन गरे ।उनी त्यहाँ आउँदा उपस्थित मानिसहरुले तालीको गडगडाहटले उनको स्वागत गरे । उत्तर कोरियाका शीर्ष नेताहरुसँग बहिनी किम यो जोङसँगै नेता किम पनि उद्योग उद्घाटनमा उपस्थित भएका हुन् । गत १२ अप्रिलयता उनी कुनै पनि सार्वजनिक समारोहमा देखा परेका थिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *