बिहानैदेखि हावाहुरीसहित वर्षा, कहिले खुल्छ मौसम ?

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज पनि देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकाको आकाश पनि खुलेको छैन भने केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल देशको अधिकांश भूभागमा बदली रहनुका साथै केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भएको छ ।

दिउँसो पश्चिमी भूभागमा पूर्ण बदली तथा पूर्वी भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । रातको समयमा पश्चिमी पहाडी भूभाग तथा मध्य र पुर्वी भूभागमा सामान्य बदली भई मध्य र पूर्वी भूभागको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान :-

बैशाख २० गते (शनिबार)

दिउँसोः देशको मध्य र पूर्वी भू-भागका साथै पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि अन्य भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना सहित वर्षाको सम्भावना रहेको छ। देशका पश्चिमी र पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भू-भागमा सामान्य बदली तथा पूर्वी तराइ भू-भागमा आंशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पश्चिमी र पूर्वी पहाडी भूभागका केहि स्थानहरुमा र मध्य भू-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख २१ गते (आइतबार)

दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको अधिकांश भू-भागमा सामान्य बदली रही पश्चिमी र मध्य भूभागका थोरै स्थानहरुमा र पूर्वी भू-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख २२ गते (सोमबार)

दिउँसोः देशको पश्चिमी तथा मध्य भू-भागमा पूर्ण बदली र पूर्वी भू-भागमा सामान्य बदली रहनेछ । देशका पश्चिमी तथा मध्य भूभागका धेरै स्थानहरुमा र पूर्वी भू-भागमा केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशका पश्चिमी र मध्य भू-भागका साथै पूर्वी पहाडी भू-भागमा सामान्य बदली रही वाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पश्चिमी र मध्य भूभागका थोरै स्थानहरुमा र पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना सहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *