प्रेस संगठन चितवनद्वारा महासंघ जिल्ला शाखालाई २ हजार थान सर्जिकल मास्क प्रदान

चितवन । प्रेस संगठन चितवनले नेपाल पत्रकार महासंघ जिल्ला शाखालाई आज शुक्रबार स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

संगठनद्वारा महासंघलाई उपलब्ध गराईएको स्वास्थ्य सामग्रीहरुमा २ हजार थान सर्जिकल मास्क र केही परिमाणमा सेनिटाईजर समेत रहेको छ । संगठनका जिल्ला संयोजक प्रकाशमणी ज्ञवाली र सह संयोजक तीर्थ नेपालले महासंघका जिल्ला अध्यक्ष राधेश्याम खतिवडा र उपाध्यक्ष नारायण अधिकारीलाई उक्त सामग्रीहरु हस्तान्तरण गरे ।

वाग्मती प्रदेशका सांसद एवं नेपाल कम्युष्टि पार्टी (नेकपा) चितवनका ईञ्चार्ज कृष्ण खनालले बिहीबार परेको जन्मदिनको अवसरमा संगठनलाई मास्क र सेनिटाईजर प्रदान गरेका थिए ।

यसैगरी प्रेस संगठनका केन्द्रिय सदस्य सुरेशचन्द्र अधिकारीले समेत केही थान स्वास्थ्य सामग्री संगठनलाई उपलब्ध गराएकोमा एक कार्यक्रमका बिच संगठनले एकद्वार प्रणली अन्तरगत पत्रकार महासंघ चितवन शाखालाई सामान हस्तान्तरण गरेको हो ।

सो अवसरमा महासंघका जिल्ला अध्यक्ष राधेश्याम खतिवडाले संगठनप्रति धन्यवाद ब्यक्त गर्दै उपलब्ध स्वास्थ्य सामग्री जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मीहरुलाई प्रदान गरिने साथै आश्वयक परेका साथिहरुलाई महासंघमा सम्पर्क गर्न आग्रह गरे ।

कार्यक्रममा प्रेस युनियनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, प्रेस संगठन नेपालका केन्द्रिय सदस्यद्वय शालिग्राम नेपाल र शिशिर सिंखडा, प्रेस संगठनका प्रदेश सदस्यद्वय तिलकराम रिमाल र शंकर अधिकारी जिल्ला सदस्यद्वय मुकुन्द भुषाल, हेमराज रिमाल लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *