भारतमा थप दुई साता लम्बियाे लकडाउन, नेपालमा के होला ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को पछिल्लो संक्रणको अवस्थालाई मध्येनजर गर्दै भारत सरकारले थप दुई साता लकडाउनको घोषणा गरेको छ ।

त्यहाँको गृह मन्त्रालयले यसको पुष्टि गरेको दैनिक जागरणले उल्लेख गरेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्ती अनुसार १७ मेसम्म रेल, मेट्रो र विमान बन्द रहनेछन् । यसअघि मे ४ सम्म दोस्रो चरणको लकडाउन घोषणा गरिएको थियो।

तेस्रो चरणको लकडाउन भने पहिले जस्तै कडा नहुने बताइएको छ। कोरोना भाइरसको संक्रमण देखिएको क्षेत्रहरुलाई विभिन्न समूहमा विभाजन गरेर लकडाउनलाई प्रभावकारी बनाउने गृह मन्त्रालयले जनाएको छ।

मे ४ बाट लागू हुने नयाँ लकडाउनमा रेड, ग्रीन र ओरेज गरी तीन समूह बनाएर क्षेत्रलाई छुटाइएको छ। ग्रीन र ओरेन्ज क्षेत्रमा लकडाउनमा केही खुकुलो हुनेछ भने रेड जोनमा पर्ने क्षेत्रहरुमा कुनै छुट दिइने छैन।

स्‍वास्‍थ्‍य मन्त्रालयका अनुसार रेड जोनअन्तर्गत १३० जिल्ला, ओरेन्ज जोनअन्तर्गत २८४ जिल्ला र ग्रीन जोन अन्तर्गत ३१९ जिल्ला रहेका छन् । हरेक हप्तामा यसको आँकलन गरिन्छ र संक्रमितको केसअनुसार परिवर्तन हुन्छ ।

नेपालमा के होला ?

स्वभाविक रुपमा भारतमा लकडाउन थप गरिएपछि त्यसको प्रभाव नेपालमा पनि पर्नेछ । नेपाल र भारतविच खुल्ला सिमाना रहेको तथा भारतका २० लाख बढि नेपाली रोजगारीमा रहेकाले नेपालले भारतको भन्दा अगाडी लकडाउन खोले त्यसको असर दुवै देशलाई पर्न सक्छ ।

‘नेपालले भारत र चीनसँगका सबै सिमानाका शिल गरेर आन्तरिक रुपमा लकडाउन खुल्ला गर्न सक्छ । तर, सिमानाका नै खुल्ला गरेर लकडाउन खोले ठूलो जोखिम पैदा गर्छ, त्यसैले भारतमा भन्दा नेपालमा संक्रमित छैनन्, अहिलेसम्म कोरोनाबाट कोही पनि मरेनन् भनेर ढुक्क हुनुपर्ने अवस्था छैन’ स्वास्थ्य मन्त्रालयका एक अघिकारीले बताए ।

नेपाल सरकारले भारत र नेपाल दुईको अवस्था हेरेर लकडाउन थप्ने घटाउने आवश्यक निर्णय लिने रणनीति बनाएको छ । नेपालमा अहिलेसम्म ५९ कोरोना संक्रमित देखा परेका छन् भने, अहिलेसम्म नेपालका कोरोनाका कारण कुनैपनि नागरिकले ज्यान गुमाउनु परेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *