‘लकडाउनका कारण मजदुरहरुको चुल्हो बल्न छाड्यो, तत्काल राहत देउ’

काठमाडौं । लकडाउनका कारण अहिले मजदुरको चुल्हो बल्न छाडेको नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् । १३१औं अन्तराष्ट्रिय विश्व श्रमिक दिवसको शूभकामना दिँदै उनले चुल्हो बल्न छाडेका मजदुरलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग आग्रह समेत गरेका छन् ।

आज सामाजिक सञ्जाल मार्फत डा. कोइरालाले लकडाउनका कारण मजदुरहरुको चुल्हो बल्न छाडेको भन्दै सरकारलाई राहत उपलब्ध गराउन भनेका हुन् ।

‘लकडाउनका कारण अहिले मजदूरहरुको चुलो बल्न छोडेको छ । तसर्थ, उनीहरुलाई तत्कालै आवश्यक राहत सामग्री उपलव्ध गराउँन सरकारसँग आग्रह गर्दछु ।’ डा. कोइरालाले भनेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य डा. कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनको आधार स्तम्भ ‘श्रम क्षेत्र’ लाई राज्यले यसरी निरपेक्ष राख्नु आफैमा दुःखद पक्ष भएको जिकिर गरेका छन् । वि. सं. २००३ सालमा बिराटनगरको जुटमिलबाट शुरु भएको मजदूर आन्दोलनको नेपाली प्रजातान्त्रिक आन्दोलनमा आफ्नै महत्व र पहिचान रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *