चिनियाँ राजदूत यान्छीले प्रचण्डलाई भेट लगत्तै माधव नेपाललाई किन भेटिन् ?

काठमाडौं । नेकपा भित्रको चर्को विवादका विच आज नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेलगत्तै वरिष्ठ नेता माधव कुमार नेपाललाई पनि भेट गरेकी छन् ।

आज शुक्रबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेट गरेलगत्तै यान्छीले वरिष्ठ नेता माधव नेपाललाई पनि उनकै निवासमा भेट गरेकी हुन् । नेपाल नेकपाका विदेश विभाग प्रमुखसमेत हुन् ।

नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले भेटमा दुई देशबीचको घनिष्ट सम्बन्धका विविध पक्षका बारेमा कुराकानी भएको सामाजिक सञ्जाल ट्विटरबाट जानकारी दिएका छन् । यसअघि प्रचण्डसँग यान्छीले करिब १ घण्टा भेट गरेकी थिइन् । भेटमा कोरोना रोकथामका बारेमा छलफल भएको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

यता नेपालसँग भने नेपाल र चीन विचको घनिष्ट सम्बन्ध र विविध पक्षका बारेमा कुराकानी भएको नेकपा विदेश विभागका उपप्रमुख रिजालले बताएका छन् । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार समेत रहेका रिजालले कुराकानीको विषयवस्तुका बारेमा केही खुलाएका छैनन् ।

केही दिनअघि राजदूत यान्छीले नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट गरेकी थिइन् ।
पार्टीभित्रको आन्तरिक कलह र सरकार परीवर्तनसम्मको चलखेल विच चिनियाँ राजदुतको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *