राहत बोकेको ट्याक्टर दुर्घटना, चामल पोखिए

धनगढी । कैलालीको गौरीगंगामा राहत बोकेको ट्याक्टर दुर्घटना भएको छ । गौरीगंगा नगरपालिकाको वडा नम्बर १० बाट राहत बोकेर फर्किरहेको ट्याक्टर सोही नगरपालिकाको वडा नम्बर ८ बढैपुर जंगलमा दुर्घटना भएको हो ।

ट्याक्टर रोडबाट तल खसेको छ भने त्यसमा रहेका चामलका बोरा खसेका छन् भने केही पोखिएका छन् । दुर्घटना स्थलमा इलाका प्रहरी कार्यालयको प्रहरी टोली पठाइएको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *