भारतमा कोरोना संक्रमितको संख्या ३५ हजार नाघ्यो, एकैदिन ७३ जनाको मृत्यु

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार १४७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ७३ जना संक्रमितको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या ३५ हजार ४३ पुगेको छ भने पछिल्लो २४ घण्टामा १ हजार ९९३ नयाँ संक्रमित फेला परेका छन् ।

८ हजार बिरामी निको भएर फर्किएको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *