मौका छोपेर अस्थिरता निम्त्याउनु दुखद्, यो स्वीकार्य हुँदैन : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिंदै प्रधानमन्त्री ओलीले यस्ता प्रयासलाई सफल हुन नदिने बताएका हुन् ।

नेपालका केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासको समाचार सम्प्रेषण र चर्चा भइरहेको उनको भनाई छ ।

‘एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयासहरु गरिनु दुःखद् कुरा हो,’ उनले भनेका छन्– ‘आफ्ना स–साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन ।’

यो पनि  :- मे दिवसमा प्रधानमन्त्रीको सन्देश : ‘श्रमिकको जीवन कष्टकर भएकोमा दुःखी छु’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *