जापानमा आपतकाल घोषणा

चैत्र २५, टोकियो ।  जापानका प्रधानमन्त्री शिन्जो अबेले जापानमा आपतकालको घोषणा गरेका छन् ।  

मंगलबार कोरोना भाइरस संक्रमण बढ्ने खतरा देखिएको भन्दै उनले त्यस्तो परिस्थितिलाई नियन्त्रणमा राख्न टोकियोलगायत देशका केही भागमा आपतकालीन अवस्था घोषणा गरेका हुन् ।  

यो घोषणा मंगलबार मध्यरातदेखि करिब एक महिनासम्म लागू हुनेछ। घोषणाबाट टोकियो, छिमेकी चिबा, कानागावा र साइतामा, ओशाकाको पश्चिमी क्षेत्र र छिमेकी ह्योगो, र फुकुओकाको पश्चिमी क्षेत्र गरी सात क्षेत्र प्रभावित हुनेछन्।  

नयाँ व्यवस्था अनुसार प्रभावित सातै क्षेत्रका गभर्नरहरुले आमजनतालाई आ–आफ्ना घरभित्रै बस्न र व्यापार व्यवसाय बन्द गर्न लगाउन सक्नेछन् । 

 जनताको जीवन र अर्थव्यवस्थालाई गम्भीर असर पार्ने अवस्था आएको मैले अनुभव गरेको छु। म आपतकालीन अवस्था घोषणा गर्दछु,’ अबेले भने ।  

जापानमा आपतकालीन अवस्थामा पनि मानिसहरू बाहिर घुमफिर गर्न वा व्यापार व्यवसाय खुला राख्न सक्नेछन्। यहाँ घरभित्र बस्न वा व्यवसाय बन्द नगर्नेमाथि कुनै दण्डसजायको व्यवस्था गरिएको छैन। 

आइतबार मात्र टोकियोको शहरी इलाकामा एकै दिन १४३ जनामा कोरोना संक्रमण देखिएको थियो। हुनत यो संख्या विश्वका धेरै भागमा देखिएको संख्याभन्दा कम हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *