कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

चैत २४, काठमाडौं । बेलायतीका प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ । 

आइतवार साँझ उनलाई लक्षणहरू उस्तै देखिएको र तापक्रम पनि रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएको हो । उनका डाक्टरको सुझावपछि यो कदम सावधानीको रुपमा चालिएको बताइएको छ । 

सरकारको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् तर सोमवार बिहान हुने कोरोनाभाइरससम्बन्धी बैठकको अध्यक्षता भने विदेशमन्त्रीले गर्ने ठानिएको छ । उपचारका लागि अस्पताल पुगेका जोनसन रातभरि अस्पताल नै बस्ने ठानिएको छ । 

डाउनिङ्ग स्ट्रीटले निकालेको विज्ञप्तिमा भनिएको छ– ‘चिकित्सकको सल्लाहमा प्रधानमन्त्री आज राती परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ ।’ मार्च २७ तारिखमा उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको घोषणा भएयता जोनसनले निवासमै बसेर काम गर्दै आएका थिए । 

उनी पछिल्लो पटक बिहीवार डाउनिङ्ग स्ट्रीटको आफ्नो फ्ल्याटमा देखापरेका थिए । त्यतिबेला एनएचएस र त्यहाँका मुख्य कामदारको ताली बजाएर उनले प्रशंसा पनि गरे । उनले कोरोनाभाइरससम्बन्धी बैठकमा पनि घरमै बसेर सहभागिता जनाएका थिए । 

बीबीसी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *