‘लकडाउन’मा शुल्क नतिरेपनि अशक्त र वृद्ध ग्राहकले इन्टरनेट सेवा पाउने’

वैशाख ७, काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले अशक्त तथा घरमा सहयोगी नभएका वृद्ध ग्राहकलाई लकडाउनमा इन्टरनेट सेवा निरन्तर दिने भएका छन्। कोरोना भाइरस (कभिड-१९)को संकटका बेला घरभित्र रहेका नागरिकलाई सूचना प्रवाहबाट बञ्चित हुन नदिन लकडाउन अवधिमा शुल्न तिर्न नसकेका अशक्त तथा घरमा सहयोगी नभएका वृद्ध ग्राहकलाई निरन्तर इन्टरनेट सेवा दिन सकिने जनाएको छ।   

सरकारले लकडाउन अवधिभरि शुल्क तिर्न नसकेकका ग्राहकको लाइन नकाट्न इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो। सरकारको निर्देशनको पूर्ण पालना गर्न समस्या भएको भन्दै संघले सेवा सुचारु राख्ने वातावरण बनाउन शुल्क उठाउनैपर्ने अवस्था रहेको प्रष्ट्याएको छ।   

संघका अध्यक्ष भोजराज भट्टले आफूहले इन्टरनेटको ब्यान्डविथ खरिद गरेर ल्याउने भारतीय कम्पनीलाई पनि नियमित शुल्क तिर्नुपरिरहेकाले शुल्क नउठाई सेवा सुचारु राख्न नसकिने बताए। तर हालको विषम परिस्थितिमा सूचना प्रवाह देखि मनोरञ्जनात्मक कार्यमा इन्टरनेटको आवश्यकता हुने भएकोले अशक्त तथा घरमा सहयोगी नभएका वृद्ध ग्राहकलाई मात्रै उक्त सुविधा दिन सकिने इन्टरनेट सेवा प्रदायक संघ नेपालले जारी गरेको सूचनामा उल्लेख छ।   

इन्टरनेट अनिवार्य : जहाँ पुग्यो त्यहीँ आवश्यक

लकडाउनका कारण साँच्चिकै समस्यामा पर्ने ग्राहकहरुको लाइन नकाट्ने गरी निर्णय भएको र अन्य ग्राहकले अनलाइनसहित विभिन्न विद्युतीय माध्यमबाट शुल्क तिर्ने व्यवस्था गर्नसमेत संघका अध्यक्ष भट्टले आग्रह गरे। ‘हामीले अहिले कामदारलाई दोब्बर तेब्बर पारिश्रमिक दिएर काममा खटाउनुपरेको छ, इन्टरनेटको माग पनि त्यसैगरी बढेको छ,’ उनले भने,’यस्तो बेलामा ग्राहकसँग शुल्क उठाउन सकेनौं भने व्यवसाय नै चल्दैन, अन्ततः त्यसले फेरि अर्को समस्या जन्माउँछ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *