र्‍यापिड टेस्टमा संक्रमण देखिएका ६ जनाको स्वाब परीक्षण, यकिन रिपोर्ट आज आउँदै

वैशाख ३, काठमाडौँ। र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) क्रममा कोरोना भाइरसको संक्रमण देखिएका ६ जनाको स्वाब निकालेर पीसीआर विधिबाट पुनः कोरोना परीक्षण हुँदै छ। सवास्थ्य मन्त्रालय स्रोतका अनुसार सम्भवतः उनीहरूको स्वाब परीक्षणको रिपोर्ट आजै आउने छ।   

कोरोनाको आशंकामा मङ्गलवार गरिएको र्‍यापिड टेस्टमा विभिन्न ठाउँका ६ जनाको रगतमा कोरोनाविरूद्ध लड्ने एन्टिबडी भेटिएको थियो। जसमा काभ्रे र सप्तरीका २/२ र धादिङ र गोरखामा १/१ जना रहेका छन्। 

र्‍यापिड टेस्टमा संक्रमण देखिएपछि स्वाब निकालेर पीसीआर विधिबाट पुनः परीक्षणका लागि पठाइएको छ। र्‍यापिडबाट पूर्ण यकिन हुन नसिकिने भएको कारण पीसीआर विधिबाट पुनः परीक्षण गरेर यकिन गरिने भएको हो। उनीहरूमा कोरोना संक्रमण हो वा हैन आज यकिन हुने भएको छ।   

यसअघि बाग्लुङमा र्‍यापिड टेस्टमा संक्रमण देखिएको महिलाको पुन परीक्षणमा रिपोर्ट संक्रमण नभएको देखिएको थियो। त्यस्तै, सनसिटी अपार्टमेन्टमा बस्ने ३ जना र्‍यापिड संक्रमण देखिएकोमा २ जनाको पुनः परीक्षणमा पनि संक्रमण देखिएको थियो। 

१ जनाको भने पीसीआरबाट निर्क्यौल गर्न नसकेपछि पुनः परीक्षणमा पठाइएको छ। पीसीआर प्रविधिबाट परीक्षण गरिएकोमा हालसम्म नेपालमा १६ जनामा संक्रमण देखिएको छ। जसमध्ये १ जना निको भइसकेका छन्।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =