राप्तीका विपन्नलाई राहत वितरण सुरु

चैत्र २५, चितवन । लकडाउनबाट प्रभावित भएकाहरुलाई चितवनको राप्ती नगरपालिकाले राहत वितरण थालेको छ ।  

लकडाउनपछि विहान वेलुका छाक टार्न समस्यामा परेका परिवारहरुको तथ्यांक संकलन गरेर उनीहरु राहत वितरण सुरु गरिएको हो ।  

पहिलो चरणमा राप्ती नगरपालिका वडा नम्वर १, ३, ६ र ८ मा वितरण सुरु भएको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले बताइन् । अन्य वडाबाट पूर्ण तथा एकिन तथ्यांक नआएकाले पहिलो चरणमा ४ वटा वडामा मंगलवार वितरण गरिएको प्रमुख बरालले जानकारी दिइन् ।  

सम्बन्धित वडाका जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधी र टोल विकास संस्थाका प्रतिनिधीको सहकार्यमा त्यस्ता परिवारको तथ्यांक लिइएको थियो । राहत वितरणमा नगर प्रमुख बराल, उपप्रमुख इमानसिंह लामा, नेकपाका राप्ती इन्चार्ज मानवहादुर स्याङ्वो, नेपाली कांग्रेस नगर सभापति नारायण उप्रेतीसहित सम्बन्धित वडाका जनप्रतिनिधी लगायत खटेका छन् ।  

विपन्न र ज्याला मजदुरी गरि जीवन निर्वाह गरिरहेका ४ जना सम्मको परिवारलाई १० किलो चामल, २ किलो दाल, १ पोका नुन, १ लिटर तेल र दुई थान साबुन तथा ५ जना भन्दा माथीको परिवारलाई १५ किलो चामल, २ किलो दाल, एक पोका नुन, एक लिटर तेल र दुई थान सावुन वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगावहादुर भुजेलले बताए ।  

राप्ती वडा नम्वर १ मा ३ सय ३३, ३ मा ३ सय ३६ ,६ मा २ सय १३ र ८ मा ४ सय ५९ विपन्न परिवार रहेको तथ्यांक सम्बन्धित वडाबाट आएको छ । नगरपालिकाले राहत संकलन तथा वितरणका लागि समिति बनाएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =