पिज्जा डेलिभरी गर्ने व्यक्तिमा कोरोना संक्रमण, ७० जना क्वारेन्टाइनमा

२०७७ वैशाख ४ गते

वैशाख ४, एजेन्सी। भारतको राजधानी दिल्लीमा पिज्जा डेलिभरी गर्ने एक व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ। पिज्जा डेलिभरी गर्ने व्यक्तिमा कोरोना संक्रमण देखिएपछि ७० जनालाई क्वारेन्टाइनमा पठाइएको खबर इन्डियन एक्सप्रेसले लेखेको छ।
तर उनीहरुको अहिलेसम्म परीक्षण भएको छैन। एक अधिकारीले भने, ‘यी सबैलाई होम क्वारेन्टाइन गरिएको छ र यदि यीमध्ये कसैमा लक्षण देखिए उनीहरुको परीक्षण गरिनेछ ।’
भारत हालै कोरोनाभाइरस संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ। भारतमा मे ३ सम्म लकडाउन छ तर दैनिक उपभोग्य वस्तुलगायत अन्य आवश्यक वस्तुको ढुवानीमा प्रतिबन्ध लगाइएको छैन।

२०७७ वैशाख ४ गते
प्रतिक्रिया
सम्बन्धित