थप एक जनामा देखियो कोरोना संक्रमण

वैशाख ९, काठमाडौं। उदयपुरमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको जनाएको हो।   

केही दिनअघि उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जनामा कोरोना देखिएको थियो। उक्त क्षेत्रमा कोरोना संक्रमण देखिएपछि कोरोना परीक्षणको लागि ३ सय २० जनाको नमुना स्वाब संकलन गरिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणमा त्यहीँ मध्येका एक जनामा कोरोना संक्रमण देखिएको हो।   

आजै उदयपुरका १३ संक्रमितसँग सम्पर्कमा आएका ८ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ। उनीहरुको विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *