पोखरामा कसैमा कोरोना पोजिटिभ देखिएको छैनः स्वास्थ्य मन्त्रालय

चैत्र २१, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा अहिलेसम्म कुनै व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड १९) पोजिटिभ नदेखिएको जानकारी दिएको छ ।  

आज (शुक्रबार) आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे पुष्टि गरे ।  

यसअघि भारतबाट फर्किएका कास्कीका एक व्यक्तिको परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको समाचार विभिन्न सञ्चार माध्यमहरुमा आएको थियो ।  

प्रवक्ता देवकोटाका अनुसार कोभिड-१९ को परीक्षण नयाँ संक्रमित थपिएको होइन। पोखरामा दुई दिन अगाडि मात्र कोभिड-१९ को परीक्षणका लागि मेसिन जडान गरिएको थियो। यसरी जडान गरिएको मेसिनको नतिजा कस्तो आउला भनेर परीक्षण गर्दा एउटा केस पोजेटिभ देखिएकाे तर त्याे नयाँ संक्रमितको नभएकाे उनले बताए ।  

मेसिन परीक्षणका लागि यसअघि टेकु प्रयोगशालामा पोजेटिभ देखिएको नमूनालाई पोखरा पठाइएको थियो। सोही नमूनामा परीक्षण पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले स्पष्ट पारे । 

नेपालमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =