लकडाउन: भारत हिँडेका दुई मजदुरको भीरबाट लडेर मृत्यु
२०७७ वैशाख ९ गते

सांकेतिक तस्विर
वैशाख ९, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम न्युनिकरणका लागि गरिएको लकडाउनका कारण ललितपुरदेखि भारत हिँडेका दुई मजदुरको भीरबाट लडेर मृत्यु भएको छ ।
सरकारले लकडाउन घोषणा गरेपछि साइकलमा नै गाँउ फर्किँदै गरेका भारतको मोतिहारीका मुकेश गुप्ता र सन्तोष महतोको भीरबाट लडेर मृत्यु भएको हो ।

उनीहरुको चैत्र १७ गते चापागाउँबाट झन्डै २० किलोमिटरको दुरीमा पर्ने वाग्मती गाउँपालिकाको ५ नम्बर वडा स्थित इकुटोलमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी कृष्ण ओझाले जानकारी दिए ।
साइकल भीरबाट करिब २ मिटर तल खसेको थियो। सुरक्षाकर्मी र स्थानीयले उद्धार गर्दा उनीहरुको मृत्यु भइसकेको थियो।
२०७७ वैशाख ९ गते
प्रतिक्रिया
सम्बन्धित








