डा.शर्माद्वारा कोरोना रोकथामका लागि पथरी शनिश्चरेको कोषमा १ लाख ११ हजार प्रदान

चैत्र २६, विराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना भाइरस संक्रमण रोकथामका लागि १ लाख ११ हजार रुपैंया सहयोग गरेका छन् । निरन्तर समाजसेवामा सक्रिय रहँदै आएका डा.शर्माले मोरङको पथरी शनिश्चरे नगरपालिकाको कोरोना रोकथाम कोषमा जम्मा हुने गरी रकम प्रदान गरेका हुन् । 

विराटनगरस्थित आफ्नै निवासमा डा.शर्माले बुधबार पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईलाई नगद हस्तान्तरण गरेका हुन् । पथरी शनिश्चरे नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद धमला, स्वास्थ्य संयोजक मुरारी आचार्यसहितको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो ।   

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले रोकथाममा सहयोग पुर्याउँन रकम प्रदान गरेको डा.शर्माले बताए । ‘यो महामारीका बेला कोरोना भाईरसको संक्रमण रोकथामका लागि हामीले अस्पतालबाट २४ सै घण्टा सेवा उपलब्ध गराएर सक्दो भूमिका निर्वाह गरिरहेका छौ । नगरस्तरमा पनि सहयोग गरौं भनेर रकम प्रदान गरेको हुँ ।’ डा.शर्माले भने । 

डा.शर्माले यसअघि पनि गरिब, विपन्न र उपचार नपाएका बिरामीहरुलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् । उनले त्यस्ता हजारौं बिरामीलाई निःशुल्क उपचार गराएका छन् । कोरोना संक्रमण रोकथामका लागि पनि डा.शर्माले भूमिका निर्वाह गर्दै आएका छन् । निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सबैभन्दा ठूलो अस्पताल नोबेललाई कोरोना उपचार केन्द्र बनाउँन दिने घोषणा गरेर डा.शर्माले सरकारलाई लिखित पत्रसमेत पठाएका छन् । 

कोरोना संक्रमण रोकथामकै लागि डा.शर्माले पूर्वी नेपालमै पहिलो पटक अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था पनि मिलाएका छन् । उनले कोरोनाको संभावित महामारीबाट बच्न सर्वदलिय संयन्त्र निर्माण गर्नुपर्ने र स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाउँनुपर्ने आवज पनि उठाउँदै आएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *