नेपाल लाइफको डिजिटल क्यालेन्डर सार्वजनिक

चैत्र २६, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वि.सं. २०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ ।   

नेपाल सरकारको राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो ।   

यो डिजिटल क्यालेन्डर अन्य पात्रोको भन्दा हेर्न सजोलो र सरल हुने कम्पनीले जनाएको छ ।   

डिजिटल क्यालेन्डर हेर्नका लागि कम्प्युटर तथा मोवाइलमा https://drive.google.com/file/d/1m8U4ELwGlW5SrU_FaCFedeM0rxIPFmLc/view?usp=sharing  बाट, कम्प्युटर तथा मोवाइलका लागि http://www.nepallife.com.np//images/NepalLife_Calander.pdf लिंक, एन्ड्रोइड भर्सनका मोवाइलका लागि https://drive.google.com/file/d/1CHMANvSiC-H2U53FuFMsmQjbdmAmS12-/view लिंक  बाट हेर्न सकिनेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *