कोरोना भगाउने भन्दै पटका पड्काउने १४ जना पक्राउ

चैत्र २४, धनुषा । कोरोना भगाउने भन्दै पटका पड्काउने १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले आइतबार राति जनकपुरका विभिन्न वडाबाट कोरोना भगाउने भन्दै लकडाउन उल्लंघन गरी पटका पड्काउने १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  

जनकपुर उपमहानगरपालिका वडा नम्बर २, ३, ४, ८, ९ र ११ को वडा क्षेत्रबाट पटका पड्काउने कार्यमा संलग्न रहेका १४ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जसमा जनकपुर उपमहानगरपालिका–४ डेरा गरी बस्ने बारा कलैया नगरपालिका–२ घर भएका ३५ वर्षीय रामप्रकाश साह लगायत छन् ।  

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *