युवाले देखेका समस्या किन देख्दैनन् सरोकारवाला निकाय ?

चैत्र २३, विराटनगर ।  विराटनगर बसपार्कमा अलपत्र परेका यातायात मजदुरहरुलाई विराटनगरका युवाहरुले सहयोग गरेका छन् । कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरेर सरकारले लकडाउनको घोषणा गरेसँगै २० जना यातायात मजदुरहरु अलपत्र परेका थिए ।   

उनीहरुलाई दिँउसो खाजा खानका लागि चिउरा, दालमोठ, सेनिटाइजर, मास्क लगाायतका सामान सहयोग गरिएका छन् । युवा व्यवसायी दिपेन मारिक र पेरिस सुवेदीले अलपत्र परेका यातायात मजदुरहरुलाई आइतबार पसपार्कमा पुगेर सहयोग गरिएको हो ।   

सरकारले लकडाउनको घोषणा गरेको आज १३ औं दिन बितिसक्दा पनि प्रदेश सरकार साथै सरोकारवालाले खोजि नगरेको भन्दे सगरमाथा यातायातका सहचालक युद्ध भण्डरीले गुनासो गरे ।   

उनी भन्छन्, ‘राती बसमा सुत्दा झुल छैन लामखुटेले टोकेर निदाउन दिँदैन अण्डाको क्यारेटको खोल डराएर सुत्ने गर्दछौँ, बिहान र बेलुका दुई छाक भात खाएर दिनभर भोको पेटले दैनिकी चलिरहेको अवस्थामा दाईहरुले सहयोग गर्नुभयो धेरै ठुलो धर्म गर्नुभयो ।।’   

सामजिक अभियन्ता पेरिस सुवेदिले भने, ‘हामीलाई त थाहा थिएन, जब मकालु खबर र आवर बिराटनगरमा समाचार पढे त्यसपश्चात थाहा भयो, यहाँ आएर बुझ्दा भाईहरुको अवस्था नाजुक देखेकोले सहयोग गरेको हो ।’   

अहिले कोरोना भाईरस संक्रमणका कारण विश्व नै महामारीको अवस्थामा छ । प्रदेश सरकारले यो घडीमा अलपत्र परेका मजदुरलाई उद्धार गर्न जरुरी रहेको सुवेदीले बताए ।   

त्यसो त भिडभाडमा नजानु, सामाजिक दुरी कायम राख्नु कोरोना भाइरस संक्रमणको उच्च जोखिमबाट जोगिने उपाय भए पनि १२ दिनदेखि ती अलपत्र परेका यातायात मजदुरहरु बसमा रात बिताउने गरेका छन् । उनीहरु दैनिक समूहमा नै बस्ने गर्दन् । स्थानीय युवाले देखेको समस्या स्थानीय सरकार र सरोकारवालाले नदेख्ने सरकार ? 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *